बिहीबार, वैशाख ६, २०८१
01:55 | ०६:४०

आयरल्याण्डमा साझा सद्भाव समूह गठन

साझा सद्भाव समूहको यो पन्ध्रौं राष्ट्रिय समिति

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२०


लन्डन । युरोपेली देश आयरल्याण्डमा ‘साझा सद्भाव समूह आयरल्याण्ड’ गठन भएको छ । सुनील भट्टराईको संयोजकत्वमा सात सदस्यीय सद्भाव समूह गठन भएको हो जसको सह संयोजकमा असिम गुरुङ छन् भने अन्य सदस्यहरुमा सुरेन्द्र दुरा, आशिष रायमाझी, महेन्द्र राना, बिराज शर्मा र नबीन भण्डारी रहेका छन् ।

साझा सद्भाव समूहको यो पन्ध्रौं राष्ट्रिय समिति हो ।

कोभिड-१९ को त्रासका बीच भएको कन्फरेन्स बैठकले सो कार्यसमिति गठन भएको हो । स्थिति सहज भएपछि भौतिक रूपमा बैठक बसी कार्यसमिति थप विस्तार गरिने संयोजक भट्टराईले बताए ।

केहि हप्ता पहिला एस के श्रेष्ठको संयोजकत्वमा युरोप महादेशीय समिति गठन भएपछि यूरोपेली देशहरुमा सद्भाव समूह गठनलाई तीब्रता दिइएको युरोप महादेशीय संयोजक एसके श्रेष्ठले बताए ।

निशुल्क फाराम भरेर साझा सद्भाव समूहमा आबद्ध हुन सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू