शनिबार, वैशाख ८, २०८१
20:10 | ००:५५

नेपालमा सोमबार एकैदिन ८० जनामा संक्रमण, संक्रमित ३ सय ७५ पुगे

नेपाली लिङ्क मे १८, २०२०

काठमाडौँ । नेपालमा सोमबार एकैदिन ८० संक्रमित थपिएका  छन् । बेलुका थप १८ जनामा संक्रमण  पुष्टि भएपछि हालसम्म संक्रमित हुनेको कुल संख्या ३ सय ७५ पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक बाँकेका १२ , धनुषामा दुई  एवम्  सुनसरी, झापा, खोटाङ र दैलेखमा एक-एक संक्रमित भेटिएका हुन् । 

यसअघि सोमबार नै बाँकेमा ४७, रौतहटमा ८ र बारा मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू