बिहीबार, वैशाख ६, २०८१
17:37 | २२:२२

डाक्टरको नामबाट राखियो बेलायती प्रधानमन्त्रीका छोराको नाम

नेपाली लिङ्क मे २, २०२०

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सले आफ्नो छोराको नाम दुईजना डाक्टरको नामलाई आधार मानेर राखेका छन् ।

गत बुधबार जन्मिएका उनीहरुका छोराको नाम ‘विल्फ्रेड लरी निकोलस जोन्सन ‘ राखिएको छ । ‘इन्स्टाग्राम’ मा छोरासहितको तस्बिर राख्दै साइमान्ड्सले छोराको नाम सार्वजनिक गरेकी हुन् ।

छोराको नाम ‘विल्फ्रेड लरी निकोलस जोन्सन’ मध्ये ‘विल्फ्रेड’ प्रधानमन्त्री जोन्सनको हजुरबुवाको नाम, ‘लरी’ आफ्नो हजुरबुवाको नाम र ‘निकोलस’ प्रम जोन्सनको ज्यान बचाउने डा. निक प्राइस र डा. निक हार्टबाट राखिएको उनले बताएकी छिन् ।

साथै, उनले आफू अस्पतालमा रहंदा प्रसुतिमा सहयोग पुर्याउने समस्त कर्मचारीलाई पनि धन्यवाद व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री जोन्सन पनि कोरोनाको संक्रमणबाट हालै निको भएका हुन् । उपचारको क्रममा उनी एक सातासम्म लण्डनको सेन्ट थोमस अस्पताल भर्ना भएका थिए ।

जोन्सनकी प्रेमिका साइमन्ड्स पनि लक्षणहरु देखिएका कारण घरमै ‘आइसोलेसन’ मा बसेकी थिइन् ।

५५ वर्षीय प्रधानमन्त्री जोन्सन र ३२ वर्षीया प्रेमिका साइमन्ड्स एकअर्कामा ‘इंगेज्ड’ भएपनि विवाह हुन बाँकी छ । विवाहअघि नै प्रेमिकालाई प्रधानमन्त्रीको सरकारी निवास ‘१० डाउनिङ स्ट्रि’ट भित्र्याउने जोन्सन नै पहिलो बेलायती प्रधानमन्त्री हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू