शुक्रबार, ३१ अक्टोबर, २०२५
जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प


 
    
    
रासस–सिन्ह्वा
मार्च २८, २०२१
    
    
टोकियो, १५ चैत– जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो ।
भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो । तर, भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।
गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स 
 
    ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५
 
 





 
 
 
 
 
 
 
 
 
 
