मंगलबार, वैशाख १८, २०८१
01:07 | ०५:५२

पत्रकार महासंघ युरोप अध्यक्षमा परियार निर्विरोध

नेपाली लिङ्क मार्च २७, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार निर्विरोध निर्वाचित भएका छन् । शाखाको शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न चौंथो अधिवेशनले नयां कार्यसमिति निर्विरोध चयन गरेको हो  ।

लामो छलफलपछि परियारको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा केजिन राई र महेशकुमार खाती वरिष्ठ उपाध्यक्ष रहेका छन्  ।

यसैगरी उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइवी गुरुङ, दिलनिशानी मगर, जंगम खड्का, दीपेन्द्र गजुरेल रहेका छन् । द्रोण रिजाल महासचिवमा चयन भएका छन् भने महिन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली सचिव तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ चुनिएका छन् ।

यसैगरी, सदस्यहरुमा वीरमान घर्तीमगर, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर काउछा, रमेश राज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु छानिए । शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल छनोट गरिएको छ ।

फ्रेबुअरी २० मा शाखाको चौथो अधिवेशनले नयाँ कार्यसमिति निर्माणका लागि निर्वाचन समिति संयोजक राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य र सदस्य किशोर सुब्बालाई तोकिएको थियो भने केन्द्रीय प्रतिनिधिमा चिरन शर्मा थिए ।

शाखामा ५९ सदस्य छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू