मंगलबार, वैशाख १८, २०८१
02:23 | ०७:०८

म्यान्मारमा छ सय बढी प्रदर्शनकारी रिहा   

प्रदर्शनमा २८ सय बढी पक्राउ

रासस-सिन्ह्वा मार्च २४, २०२१

म्यान्मारमा सैनिक कू विरुद्ध प्रदर्शन बढ्दो छ । तस्बिर एएफपी

याङ्गुन । म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी मानिसलाई बुधवार रिहा गरिएको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन ।

म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएका छन् । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू