• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
मंगलबार, १६ डिसेम्बर, २०२५
14:52 | २०:३७

अमेरिकाले कोभिड खोपका लागि सेना परिचालन गर्ने

रासस/सिन्ह्वा फ्रेब्रवरी ६, २०२१

वासिङटन डिसीस्थित क्यापिटल भवन । तस्विर एएफपी

वासिङटन, २४ माघ– संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ ।
अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ । सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने भएको छ । यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाउने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ती अधिकारीहरुका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

अमेरिकी राष्ट्रपति ट्रम्पको बीबीसीविरुद्ध १० अर्ब डलर दाबी

४ घन्टा अगाडि

हिंसा भड्काउने धर्मगुरुलाई ३५ वर्ष जेल सजाय

४ घन्टा अगाडि

युक्रेन–रूस द्वन्द्व अन्त्य नजिक पुगेको ट्रम्पको भनाइ

४ घन्टा अगाडि

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • अमेरिकी राष्ट्रपति ट्रम्पको बीबीसीविरुद्ध १० अर्ब डलर दाबी
  • इङ्गल्यान्डका स्पिड क्यामेरामा प्राविधिक त्रुटि, हजारौं चालकलाई राहत
  • हिंसा भड्काउने धर्मगुरुलाई ३५ वर्ष जेल सजाय
  • युक्रेन–रूस द्वन्द्व अन्त्य नजिक पुगेको ट्रम्पको भनाइ
  • सिड्नीको बोन्डी बिच गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६
ट्रेन्डिङ
  • १
    रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे
  • २
    भूतपूर्व गोर्खा माग सम्बोधन गर्न बेलायतसंग पुनः वार्ताको गृहकार्य
  • ३
    लन्डनमा योमरी बनाउने र खाने प्रतिष्पर्धासहित मनाइयो योमरी पुन्ही
  • ४
    बेलायतका चिकित्सकहरुको च्यारिटी रनमा ओलम्पियन गौरिका सिंह पनि दौड्ने
  • ५
    यूकेका घरधनीलाई २०२६ देखि लागू हुने कानुनी परिवर्तनहरुबारे सजग रहन विज्ञहरुको सुझाव

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.