• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बिहीबार, ३० अप्रिल, २०२६
04:00 | ०८:४५

अमेरिकाले कोभिड खोपका लागि सेना परिचालन गर्ने

रासस/सिन्ह्वा फ्रेब्रवरी ६, २०२१

वासिङटन डिसीस्थित क्यापिटल भवन । तस्विर एएफपी

वासिङटन, २४ माघ– संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ ।
अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ । सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने भएको छ । यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाउने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ती अधिकारीहरुका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग

२१ घन्टा अगाडि

इरानमा झण्डै दुई महिनादेखि राष्ट्रव्यापी इन्टरनेट प्रतिवन्ध

अप्रिल २६, २०२६

गैरआवासीय नेपाली ऐन प्रभावकारी बनाउन सरकार प्रतिबद्ध

अप्रिल २४, २०२६

हाम्रो सिफारिस

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६

बेलायतस्थित प्रवास संगठनहरु चुनावमा कसरी गर्दैछन् आफ्नो दललाई सहयोग ?

जनवरी २६, २०२६

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५
ताजा अपडेट्स
  • सार्वजनिक निकायमा हुने नियुक्ति पारदर्शी र प्रतिस्पर्धी बनाउन अध्यादेश
  • बेलायती राजाको अमेरिका भ्रमणले दुई देशबीचको प्रगाढ सम्बन्ध पुनः केन्द्रमा
  • बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लण्डन
  • ‘भिक्टोरिया क्रस’ प्राप्त १३ भूतपूर्व गोर्खा सैनिकको सम्झनामा पदयात्रा
  • ब्याङगोर विश्वविद्यालय वेल्समा पहिलोपटक ‘नेपाल डे’
ट्रेन्डिङ
  • १
    पूर्वराजदूत डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक संघ’ गठन
  • २
    नेपाली सेनाका लेफ्टिनेन्ट भण्डारी बेलायतमा ‘वेष्ट इन्टरनेशनल स्टुडेण्ट’ घोषित
  • ३
    बेलायतमा झुल्किइन् स्वर्गकी परी (म्यूजिक भिडियो)
  • ४
    गुल्मी जिल्ला समाज यूकेमा पहिलोपटक महिला नेतृत्व, मञ्जु बनिन् निर्विरोध अध्यक्ष
  • ५
    लन्डन दूतावासमा बालबालिकाले गरे वृक्षारोपण (फोटो फिचर)

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.