मंगलबार, १७ फ्रेब्रवरी, २०२६
अफ्रिकामा कोरोनाबाट नेपाली डाक्टरको मृत्यु
८० को दशकमा अफ्रिका पुग्ने दोश्रो नेपाली डाक्टर


नेपाली लिङ्क
जनवरी १५, २०२१
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा कार्यरत ७० वर्षीय नेपाली चिकित्सकको कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमित डा. नारद पाण्डेको बिहीबार राति निधन भएको हो । अफ्रिकामा कोरोना बाट मृत्य हुने उनी चौथो नेपाली हुन् ।
मृतक पाण्डेको आजै दाह संस्कार गरिएको छ । स्याङ्जा जिल्लाको बीर्घा घर भएका पाण्डे सन् ८० को दशकमा अफ्रिका पुग्ने दोश्रो नेपाली डाक्टर हुन् ।
एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले स्व. पाण्डेको निधनप्रति दु:ख व्यक्त गर्दै सामाजिक संजालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । उनकी छोरी पनि अफ्रिकामा चिकित्सा पेशामा संलग्न रहेको थापाले जानकारी दिए । दक्षिण अफ्रिकामा चार दर्जनभन्दा बढी नेपाली डाक्टर कार्यरत छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ



