मंगलबार, वैशाख १८, २०८१
17:17 | २२:०२

नाइजेरियाको सडक दुर्घटनामा कम्तीमा २२ को मृत्यु   

रासस-सिन्ह्वा जनवरी ७, २०२१

लागोस,२३ पुस–नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको थियो ।

नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दुर्घटना भएको थियो । त्यसमा परी १४ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी ज्यान जानेमा ११ जना महिला र तीन पुरुष रहेका छन् । सो दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते पनि भएका छन् । त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दुर्घटना भएको थियो ।

त्यसमा परी अरु आठ जना यात्रुको निधन भएको छ । ती दुर्घटनाहरुमा परी अरु २६ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू