• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, २० सेप्टेम्बर, २०२६
02:43 | ०७:२८

साउदी अरेबियाद्वारा यात्रुबाहक हवाई उडान स्थगित

रासस–एएफपी डिसेम्बर २८, २०२०

रियाद, १३ पुस– साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।
साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाई छ ।
साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् ।
यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो । साउदी अरेबियामा हालसम्म ३ लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

नेपालका बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाको ७६ लाख रुपैयाँ सहयोग

सेप्टेम्बर १३, २०२६

राहत अभियानको १७ औँ दिनमा एनआरएनए टोली बाढी प्रभावित ठूलो स्याफ्रुमा

सेप्टेम्बर १२, २०२६

राहत सामग्रीसहित एनआरएनए टोली रसुवा पुग्यो

सेप्टेम्बर ११, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • बैंकिङ कारोबारमा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्था स्थगन गर्न गोर्खा सत्याग्रहको माग
  • नेपालका बाढीपीडितको सहयोगार्थ आर्को मुखर्जीले लाइभ कन्सर्ट गर्ने
  • नयाँ संविधान जारी भएको ११ वर्ष पूरा, टुँडिखेलमा विशेष समारोह
  • संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छः प्रधानमन्त्री
  • तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले
ट्रेन्डिङ
  • १
    बेलायती भेट्रानमन्त्रीसंग पहिलो भेटघाटमा गोर्खाहरुले दिए डिसेम्बर ‘डेडलाइन’
  • २
    नेपाली समाज वाटफोर्डद्वारा बाढीपीडितलाई ९ लाख ७५ हजार सहयोग
  • ३
    बाढीपीडित सहयोगार्थ तमुधिं यूके टीमको ट्रेलवाक, १ सय किमी २२ घण्टा ५४ मिनेटमा पूरा
  • ४
    बेलायतमा यसपालिको तीज: रौनकभन्दा बाढीपीडितलाई सहयोग जुटाउने माध्यम बन्यो
  • ५
    बाढीपीडितका लागि नवलपुर जिल्ला समाज यूकेले पठायो १० लाख बढी सहयोग

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.