मंगलबार, वैशाख २५, २०८१
06:26 | ११:११

चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

रासस-एएफपी डिसेम्बर १७, २०२०

बेइजिङ । चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर  बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।

यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन गर्‍यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन्   

चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको  जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।

यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान बताइएको छ 

चीनले लामो समयदेखि यसको लागि तयारी गरिरहेको एस्ट्रोफिजिक्स अनुसन्धानकर्ता हार्वर्ड स्मिथसोनियन सेन्टर जोनाथन म्याकडोवेलले एएफपीलाई बताएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू