सोमबार, २३ नोभेम्बर, २०२६
07:26 | १३:११

अफगानिस्तानको आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु

रासस–एएफपी नोभेम्बर २९, २०२०

घाज्नी ।  अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । 

आत्मघातीले सैनिक शिविरमा गरिएको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए  । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए  ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे  । 

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिए  । तर उनले  के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहेनन् । 

उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू