आइतबार, १८ जनवरी, २०२६
19:33 | ०१:१८

अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो

रासस सेप्टेम्बर २१, २०२०

कर्णाली ५, असोज-जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।  

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा. केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

“डा.केसी आफै काठमाडौँ जान मञ्जुर भएपछि हामीले पठाएका हौँ”, उनले भने, “उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविण साथमा पठाएका छौँ ।”

पन्ध्रौ सत्याग्रह जुम्ला बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

काठमाडौं पुगेपछि भने सत्याग्रह जारी राख्ने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू