मंगलबार, ६ अक्टोबर, २०२६
10:43 | १५:२८

अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको नेतृत्वमा फेरि विमला लिम्बू

नेपाली लिङ्क अक्टोबर ६, २०२६

लन्डन- नेपाल कम्युनिष्ट पार्टीनिकट अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको अध्यक्षमा विमला लिम्बू दोस्रो कार्यकालका लागि चयन भएकी छन्।

शनिबार अल्डरसटमा सम्पन्न छैटौं अधिवेशनले लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

यसअघि अध्यक्षमा दावी गरेका दुई दाबेदार कर्म पहाडी शेर्पा र फूलप्रसाद कँडेलले अन्तत: लिम्बूलाई नै समर्थन गरेपछि उनी पुन: अध्यक्ष चयन भएकी हुन्।

समितिको उपाध्यक्षमा कपिल राई, हरि अर्याल, सन्तोष राई र दिनेश ढकाल, महासचिवमा भीम राई, सचिवमा वीर बलाल र संघर्ष राई, कोषाध्यक्षमा भरत तुम्बाहाम्फे र प्रवक्तामा कृष्ण खनाल चयन भएका छन्।

सदस्यहरूमा अरुण थापा, सुशीला दवाडी, गौतम राई, शरद लावती, नवीन राई, सौरभ राई, गणेश राई, दिनेश बान्तवा, विदुर राई र कुमार बान्तवा चयन भएका छन्।

रिटायर्ड मेजर योगेश कोयी राई संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले प्रमुख अतिथि तथा नेपाली कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’बाट शपथ लिएका थिए।

अधिवेशनलाई सम्बोधन गर्दै पुनले संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेपालमा सडक, विद्युत् र प्रविधिलगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको बताए। सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको बने पनि मुद्दाका हिसाबले नेकपाको जित भएको उनको भनाइ थियो।

बन्दसत्रले यूके समितिलाई युरोप मोर्चा तथा पश्चिम प्रदेश समितिअन्तर्गत नराखी छुट्टै मान्यता दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यूके ईयूबाट बाहिरिइसकेको र बेलायतमा रहेका नेपालीको संख्या ईयूका २७ सदस्य राष्ट्रमा रहेका नेपालीको कुल संख्याभन्दा बढी रहेको आधारमा प्रस्ताव ल्याइएको विश्वास दीप तिगेलाले बताए।

अधिवेशनका क्रममा जनता समाजवादी पार्टी यूकेका सचिव सन्तोष राईसहित १४ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

गत फेब्रुअरीमा नेपाली जनप्रगतिशील मञ्च, प्रवासी नेपाली एकता मञ्च र नेपाली समाजबीच एकता भएपछि अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको यो अधिवेशन भएको हो। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू