बेलायत कांग्रेसमा नयाँ नेतृत्वको दौड, सभापतिका लागि इन्द्रहाङ लिङ्देन मैदानमा

लन्डन- नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन यही आइतबारलाई तय भएसंगै नयाँ नेतृत्वको दौड पनि शुरु भएको छ ।
हाल महामन्त्रीको जिम्मेवारीमा रहेका युवा नेता इन्द्रहाङ लिङ्देनले समितिको सभापति पदमा उम्मेदवारी दिने भएका छन् । सभापति पदको उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो नेतृत्वमा संगठनलाई सक्रिय, समावेशी र परिणाममुखी बनाउने अठोट व्यक्त गरेका छन् ।
‘मसँग अहिले समय छ। अनुभव छ। ऊर्जा छ। संगठन बुझेको छु। मानिस व्यवस्थापन गर्ने अनुभव छ। टिम निर्माण गर्ने क्षमता छ। र सबैभन्दा महत्वपूर्ण नेपाली जनसम्पर्क समिति यूकेलाई अझ सक्रिय बनाउने इच्छा र दृढ संकल्प छ’, लिङ्देनले भनेका छन् ।
उनी भन्छन्, ‘म सभापति बनेँ भने मेरो प्राथमिकता केवल एउटा कार्यकाल पूरा गर्नु हुनेछैन। नेपाली जनसम्पर्क समिति यूकेलाई एउटा सक्रिय, समावेशी र परिणाममुखी संगठन बनाउनु मेरो उद्धेश्य रहनेछ । हिजो मैले जिम्मेवारी सम्हालेँ।आज म नेतृत्व माग्दैछु। र भोलि हामी सबै मिलेर परिणाम देखाउनेछौँ।’
नेपाली जनसम्पर्क समिति बेलायतको कार्यसमितिमा सन् २०२१ देखि महामन्त्रीको जिम्मेवारीमा छन् लिङ्देन।
त्यसअघि उनले सन् २०१७ देखि २०२१ सम्म सह–महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा सहभागी भएका थिए।
आगामी हप्ता हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनअघि बेलायतमा शेरबहादुर सुनारको संयोजकत्वमा अधिवेशन तयारी अघि बढेसँगै बेलायतस्थित कांग्रेसजनमा राजनीतिक सक्रियता र नयाँ नेतृत्वको चर्चा एकाएक बढेको हो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


