बिहीबार, १७ सेप्टेम्बर, २०२६
15:09 | १९:५४

एनआरएनए स्कटल्यान्डद्वारा बाढी राहतमा ५१ लाख सहयोग

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२६

स्कटल्यान्ड- नेपालमा भोटेकोशी बाढीपछि उत्पन्न विपदमा राहत तथा उद्धारमा सघाउने उद्धेश्यले एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

परिषदले २५ हजार पाउण्ड (५१ लाख रुपैयाँ) नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको जनाएको हो।

एनआरएनए स्कटल्यान्डको समन्वयमा स्कटल्यान्डमा रहेका नेपाली तथा गैरनेपाली समुदाय र विभिन्न संघसंस्थासमेतबाट सहयोग संकलन गरिएको कोषाध्यक्ष पदमलाल खरेलले जानकारी दिए।

राहत अभियानमा संकलन भएको रकमको आय–व्यय विवरण तथा सहयोगदाताहरूको नामावली र नेपाल सरकारबाट रकम प्राप्त गरेको ‘कन्फरमेसन’ आएपछि उक्त जानकारीसमेत सार्वजनिक गरिने संस्थाले जनाएको छ।

परिषदका अध्यक्ष शेरबहादुर केसीले यस अभियानमा सहभागी भइ सहयोग गर्ने सबै व्यक्ति, संस्था एवं समुदायप्रति संस्थाको तर्फबाट आभार प्रकट गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू