बेलायतको लेष्टरमा बाढी पीडितप्रति दीप प्रज्ज्वलनसहित श्रद्धान्जली सभा


लन्डन । भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरुको सम्झनामा बेलायतको लेष्टर शहरमा दीप प्रज्ज्वलनसहित श्रद्धान्जली सभा गरिएको छ । श्रृजनशील लेस्टर नेपाल यूकेद्धारा आइतबार आयोजित श्रद्धान्जली सभामा नेपाली तथा स्थानीय समुदाय सहभागी भई दिवंगतप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।
उक्त श्रद्धान्जली सभामा लेस्टर लर्ड मेयर कुलविन्दर सिंह जोहल, लेस्टरका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद शिवानी राजा, काउन्सिलर भूपेन्द्र दवे, क्राइम कमिशनर रुपर्ट म्याथ्यू, शान्तिधाम लेस्टर अध्यक्ष विनोद पोपट, ब्रिटिश देसी सोसाइटी अध्यक्ष रिशु वालिया, श्रृजनशील लेस्टर नेपाल यूकेका संस्थापक अध्यक्ष राजु कंडेल, पूर्व अध्यक्षहरु दयानिधि सापकोटा, बलराम चापागाई तथा निवर्तमान अध्यक्ष पुण्डरी अर्याल, सल्लाहकार विष्णु परियार, संस्थाका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, सदस्य लगायत पुकार न्यूज र आइटीभी न्यूजका मिडिया प्रतिनिधि, पत्रकार महेश्वर कार्की एवं विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
सहभागी अतिथीहरुले शोक व्यक्त गर्दै नेपालको सहयोगका लागि बेलायत सरकारसंग पहल गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका थिए । संस्थाका संस्थापक एवं पूर्व अध्यक्षहरुले समेत हार्दिक श्रद्धान्जली अर्पण गरे ।

संस्थाका अध्यक्ष शिव पराजुलीले कार्यक्रममा सहभागी भएर दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने सबैमा आभार व्यक्त गरेका छन् । उनले मातृभूमिलाई परेको पीडाप्रति दुःख व्यक्त गर्दै बाढी पीडितहरुको सहयोगका लागि बेलायतका नेपालीसमक्ष अपिल समेत गरे ।
अध्यक्ष पराजुलीले कार्बन इमिसन कम गर्ने देश नेपालले सबैभन्दा बढी क्षति बेहोर्नु परेको उल्लेख गर्दै विकसित देशले क्षतिपूर्ति दिनुपर्ने माग समेत राखेका थिए । अध्यक्षको मागमा सांसद तथा स्थानीय जनप्रतिनिधिहरुले पूर्ण समर्थन गरेका थिए ।
उक्त कार्यक्रम सञ्चालन संस्थाका महासचिव वरुण भण्डारीले गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


