सपोर्ट नेपाल यूकेद्वारा बाढी पीडितका लागि सहयोग


लन्डन । सपोर्ट नेपाल यूकेले रसुवाको भोटेकोशी बाढी पीडितहरुका लागि सहयोग गरेको छ ।
सपोर्ट नेपाल यूके पदाधिकारीले गत आइतबार लन्डन केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा आयोजित १७ औं नेपाली मेलामा आयोजक तमुधिं यूकेलाई १५०० पाउण्डको चेक हस्तान्तरण गरेका हुन् ।
सपोर्ट नेपाल यूकेका संस्थापक नवीन गुरुङ, उक्त संस्थाका अध्यक्ष पोली स्कट, नेपालका लागि क्याम्ब्रीज एण्ड सेफ्रोन वाल्डेन पिकलबल राजदूत करिन दुग्गनले तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, मेला संयोजक एवं उपाध्यक्ष कमल कोने गुरुङ लगायतलाई चेक हस्तान्तरण गरेका थिए ।
यसमा १३ हजार फिट उचाईंबाट ’सोलो जम्प’ गर्ने पहिलो नेपाली महिला सुजिता शाही संस्थापक रहेको सुज्डी केयर्सले पनि आर्थिक सहयोग गरेको थियो ।
चेक ग्रहणपछि तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले बाढी पीडितका लागि सहायता उपलब्ध गराएकामा सपोर्ट नेपाल यूकेप्रति विशेष आभार व्यक्त गरे । उनले बेलायतवासी अन्य नेपालीलाई समेत देश पीडामा रहेका बेला मन खोलेर सहयोग गर्न अपिल गरे ।
तमुधिं यूकेले छिट्टै प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयां बढी जम्मा गर्दैछ ।
सन् २०१९ मा सहारा यूकेका संस्थापक नवीन गुरुङले ब्रिटिश मित्रहरुसंग मिलेर स्थापना गरेको ‘सपोर्ट नेपाल यूके’ ले विपत्तिमा सहयोगमात्र होइन्, नेपालको खेल पर्यटन विकासका लागि निरन्तर काम गर्दै आएको छ ।
संस्थापक गुरुङले आफ्नो संस्थाले सहारा यूकेलाई बेग्लै ८०० पाउण्ड दिन लागेको पनि जनाए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


