ग्लोबल पर्वत समाजद्वारा बाढी पीडितलाई तीन लाख २५ हजार प्रदान


उद्धारमा खटिएका सुरक्षाकर्मी
लन्डन । ‘ग्लोबल पर्वत समाजले भोटेकोशी बाढी पीडितका लागि तीन लाख पच्चीस हजार (3,25,000) रुपैयां प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
समाजका अध्यक्ष लन्डनस्थित समाजसेवी दधि आचार्यले मातृभूमिमा प्राकृतिक विपत्ति पर्दा सामाजिक उत्तरदायित्व आत्मसाथ गर्दै सहयोग गरिएको बताए ।
‘विपदको बेला आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको कर्तव्य हो’- समाजका तर्फबाट अध्यक्ष आचार्य र महासचिव कमल लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘थोपा थोपाले नदी बन्छ भने झैं तपाईं हाम्रो सानो सहयोगले पीडितलाई राहत, उद्धार र पुनस्र्थापनामा ठूलो सहयोग पुग्छ । त्यसैले सबैलाई सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं ।’
समाजले १० भाद्र बिहान रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित बाढीले मृत्युवरण गर्ने सबै दिवंगतप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
साथै उद्धार तथा राहत वितरणमा खटिने सम्पूर्ण सुरक्षा निकाय र स्वयंसेवकहरुप्रति पनि आभार व्यक्त गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


