उद्धार तथा राहत कार्यमा जुट्न बिजिएनसीसीसी यूके/नेपालको आह्वान


लन्डन । गत बुधबार भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति (बिजिएनसीसीसी यूके/नेपाल) ले गम्भीर दुःख व्यक्त गरेको छ ।
समितिले यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको तीव्र खोजी तथा प्रभावितहरूको सुरक्षित उद्धार र राहतका लागि सम्बन्धित निकायसँग हार्दिक अपिल गरेको छ ।
’हामी भौतिक रूपमा प्रवास (बेलायत) मा रहेपनि हाम्रो मन, भावना र संवेदना सधैँ मातृभूमि नेपाल र हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरूसँगै छ । देशमा पर्ने हरेक संकट र विपत्तिमा भूपू गोर्खा तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरू ऐक्यबद्ध छौँ र यो कठिन घडीमा पीडितहरूका साथमा उभिन प्रतिबद्ध छौँ’, समितिका प्रमुख संयोजक सन्तोष थलङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विपत्तिको यस दुःखद परिस्थितिमा सम्पूर्ण स्थानीय नागरिक, उद्धारकर्ता, सुरक्षा निकाय र सरकारलाई धैर्यताका साथ उद्धार तथा राहत कार्यमा जुट्न पनि समितिले आह्वान गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


