मंगलबार, १८ अगस्ट, २०२६
17:06 | २१:५१

बेलायतमा लाइफ कोचिङ कार्यक्रममा संकलित कोषबाट मानवसेवा आश्रमलाई सहयोग

नेपाली लिङ्क अगस्ट १८, २०२६

लन्डन- बेलायतस्थित माउसटेल वेब सर्भिसेजका निर्देशक तथा लाइफ कोच एवम् कम्युनिटी लिडर मान गुरुङले मानवसेवा आश्रमलाई एक लाख रुपैया बढीको सहयोग गरेका छन् ।

गत महिना बेलायतमा सम्पन्न ‘अन्लिस योर इनर सेल्फ’ को नवौं श्रृंखलामा संकलित रकमबाट काठमाडौं सामाखुशीस्थित आश्रमलाई आर्थिक सहयोग गरिएको हो ।

सोमबार आश्रम पुगेर गुरुङकी दिदी सुधा गुरुङले १ लाख ४ सय ८७ रुपैयाको सहयोग हस्तान्तरण गरेकी छन्।

माउसटेल वेब सर्भिसेज्का निर्देशक गुरुङले गत जुलाई २४ र २५ मा बेलायतको अल्डरसटमा सम्पन्न कोचिङ कार्यक्रममा जुटाइएको रकम सहयोग गरिएको बताए ।

उनले उक्त कार्यक्रमलाई सफल पार्न योगदान गर्ने गोर्खा आमा समूह अल्डरसट अध्यक्ष धनमाया गुरुङ, कार्यक्रमका प्रशिक्षकहरु, सहभागी एवम् सबै सहयोगीप्रति आभार प्रकट गरेका छन्।

‘अन्लिस योर इनर सेल्फ’को नवौं श्रृंखलामा दुई दिनमा गरी करिब दुई दर्जन प्रशिक्षर्थीले भाग लिएका थिए । व्यापार, व्यवसायदेखि समाजसेवा र अध्यात्मसम्मका विभिन्न क्षेत्रका अनुभवी, विज्ञ र सफल एक दर्जन व्यक्तित्वले प्रशिक्षकका रुपमा कार्यक्रममा प्रस्तुति गरेका थिए ।

माउसटेल वेब सर्भिसेज् निर्देशक गुरुङले समुदायप्रतिको उत्तरदायित्वलाई महत्व दिंदै कार्यक्रमबाट च्यारिटी संस्थालाई सहयोग गरिएको बताए।

विगतमा व्यक्तिगत स्तरमा नेपाल र बेलायतमै पनि गुम्बा, मन्दिरसहितका कयौं च्यारिटी संस्थालाई सहयोग प्रदान गरिसकेका उनले आउँदा दिनहरुमा आयोजना गर्ने कार्यक्रमबाट पनि केही रकम च्यारिटीमा सहयोग गर्ने योजना रहेको सुनाए । गुरुङले ग्रेन्ज पार्क फार्नबरो फुटबल क्लबलाई पनि हाई भिजिबिलिटी ट्रेनिङ टिसर्टहरु उपलब्ध गराएका थिए ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू