सोमबार, १७ अगस्ट, २०२६
23:18 | ०४:०३

बेलायतमा नेपाली युवाले शुरु गरे टेडुनेट- सस्तो शुल्कमा गुणस्तरीय अनलाइन ट्युसन

नेपाली लिङ्क अगस्ट १७, २०२६

टेडुनेट सञ्चालकद्वय सुमित देव र नितेश देव

लन्डन- बेलायतमा आफ्ना बालबालिकाका लागि ग्रामर स्कुलको तयारीदेखि माध्यमिक तह, जिसिएसई वा ए लेभलसम्मकै गुणस्तरीय र सस्तो दरमा ट्युसन खोजिरहनुभएको छ? अब बेलायतमै नेपालीले सञ्चालन गरेको अनलाइन ट्युसन सेवा ‘टेडुनेट’ तपाईंका लागि उपयुक्त विकल्प बन्न सक्छ।

बेलायतमा बालबालिकाको ट्युसनका लागि सामन्यतः ठूलो रकम खर्च गर्न अभिभावकहरु बाध्य छन्। विशेषगरी जिसिएसई र ए लेभल जस्ता महत्वपूर्ण परीक्षाको तयारीका क्रममा अनुभवी शिक्षक, गतिलो पाठ्यक्रम र नियमित निगरानी भएको ट्युसन खोज्नु अभिभावकका लागि चुनौतीपूर्ण बन्ने गरेको छ।

यही आवश्यकतालाई ध्यानमा राखेर सुमित देव र नितेश देवसहितका उत्साही र अनुभवी नेपाली युवाले ‘टेडुनेट’ सञ्चालनमा ल्याएका हुन्।

टेडुनेटको मुख्य उद्देश्य विद्यार्थीलाई अनलाइन ट्युसन पढाउनु मात्र होइन, ट्युसनको सम्पूर्ण प्रणालीलाई व्यवस्थित, पारदर्शी र अभिभावकको पहुँचमा ल्याउनु रहेको सञ्चालकहरू बताउँछन्।

बेलायतका अधिकांश ट्युसन सेन्टरमा प्रतिघण्टा १४ देखि १६ पाउन्ड वा त्योभन्दा बढी शुल्क लाग्ने अवस्थामा टेडुनेटले जिसिएसई तहसम्म प्रतिघण्टा करिब ७ पाउन्ड र ए लेभलका लागि १० पाउन्डबाट सेवा उपलब्ध गराइरहेको छ। उच्च तहमा आवश्यकता र कक्षाअनुसार शुल्क बढेर करिब ११ पाउन्डसम्म पुग्ने व्यवस्था छ।

तर टेडुनेटको सेवा केवल कम शुल्कमा सीमित छैन। सञ्चालकहरूका अनुसार धेरै अभिभावकले आफ्ना बालबालिका ट्युसनमा गएपछि वास्तवमा के पढिरहेका छन्, कुन पाठ सकियो, अब के पढाइँदैछ र शिक्षकले कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने कुरा स्पष्ट रूपमा थाहा पाउन सक्दैनन्।

टेडुनेटले यही समस्या समाधान गर्न पारदर्शिता र जवाफदेहितालाई आफ्नो मुख्य प्राथमिकता बनाएको छ।

बालबालिका अनलाइन कक्षामा हुँदा क्यामेरा प्रयोग गरी शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तरक्रिया हुने व्यवस्था छ। अभिभावकले बच्चाले के पढिरहेको छ, गृहकार्य के दिइएको छ र सिकाइको प्रगति कस्तो छ भन्नेबारे एपमार्फत् सजिलै जानकारी पाउन सक्ने प्रणाली विकास गरिएको छ।

टेडुनेटमा विद्यार्थीलाई केवल पाठ्यपुस्तक पढाएर कक्षा सकिँदैन। विद्यार्थीको स्तर र आवश्यकताअनुसार मूल्याङ्कन गरी उपयुक्त समूहमा राखिन्छ। त्यसपछि पाठ्यक्रमअनुसार नियमित कक्षा, गृहकार्य, अभ्यास, प्रश्नोत्तर र मूल्याङ्कन गरिन्छ।

टेडुनेटले विद्यार्थीका लागि आवश्यक अध्ययन सामग्री तथा अन्य स्रोतहरू पनि एउटै प्रणालीमार्फत उपलब्ध गराउने योजना बनाएको छ। विद्यार्थीले मोबाइल वा अन्य उपकरणमार्फत एपमा अध्ययन सामग्री हेर्न, अभ्यास गर्न, प्रश्नोत्तरमा सहभागी हुन र आफ्नो सिकाइलाई निरन्तरता दिन सक्ने व्यवस्था छ।

यसै क्रममा आगामी सेप्टेम्बरदेखि कृत्रिम बौद्धिकतामा आधारित ‘एआई च्याटबोर्ड’ समेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ। विद्यार्थीले कुनै विषय बुझ्न कठिन भएमा वा गृहकार्य गर्दा अन्योल भएमा च्याटबोर्डमार्फत प्रश्न गरेर थप सहयोग लिन सक्ने टेडुनेटले जनाएको छ।

टेडुनेटले प्रारम्भिक तहदेखि ए लेभल तहसम्म विभिन्न कक्षालाई समेटेको छ। ११ प्लस तथा ग्रामर स्कुल प्रवेश परीक्षाको तयारीका लागि वर्ष ४ र वर्ष ५ का विद्यार्थीलाई लक्षित गरिएको छ। वर्ष ५ को सेप्टेम्बरमा हुने ग्रामर स्कुल प्रवेश परीक्षालाई ध्यानमा राखेर आवश्यक तयारी गराइन्छ।

त्यसैगरी कक्षा ४ देखि ६ सम्मको कि स्टेज २, कक्षा ७ देखि ९ सम्मको कि स्टेज ३, कक्षा १० र ११ को जिसिएसई तथा कक्षा १२ र १३ को ए लेभल तहका विद्यार्थीलाई सेवा दिइन्छ।

अंग्रेजी, गणित तथा विज्ञानअन्तर्गत फिजिक्स, केमेष्ट्री र बायोलोजी मुख्य विषयका रूपमा समेटिएका छन्।

कक्षा सञ्चालन बेलायतको समयअनुसार साँझ ५ बजेदेखि ९ बजेसम्म र सप्ताहन्तमा पनि हुने व्यवस्था छ।

शिक्षक छनोटमा पनि टेडुनेटले विशेष ध्यान दिएको जनाएको छ। कक्षा ४ देखि ८ सम्म बेलायतमै रहेका योग्य तथा अनुभवी शिक्षकले अध्यापन गर्छन्। शिक्षकहरू बेलायतमै कम्तीमा पाँच वर्षभन्दा बढीको अनुभव भएका तथा सम्बन्धित विषयमा योग्य रहेको टेडुनेटको भनाइ छ। उच्च कक्षाका लागि विषयगत ज्ञान र योग्यतालाई प्राथमिकता दिइन्छ।

टेडुनेटका सञ्चालक सुमित देव बेलायतमा गणित विषयको अध्यापनमा सक्रिय छन्। सन् २०२२ मा बेलायत आएपछि ह्वाइटच्यापल क्षेत्रमा गणित शिक्षकका रूपमा काम गर्दै आएका उनले शिक्षण क्षेत्रमा करिब पाँच वर्षको अनुभव हासिल गरेका छन्।

अर्का सञ्चालक नितेश देव सूचना प्रविधि तथा प्रविधि पूर्वाधारको क्षेत्रमा काम गर्छन्। शिक्षण अनुभव र प्रविधिको संयोजनमार्फत टेडुनेटलाई सामान्य अनलाइन ट्युसनभन्दा फरक बनाउने उनीहरूको योजना छ।

‘हामी केवल ट्युसन पढाउने होइन, विद्यार्थीलाई सम्पूर्ण सिकाइ प्रणाली दिने प्रयासमा छौँ,’ सञ्चालकद्वयको भनाइ छ, ‘विद्यार्थीले के पढिरहेको छ, अभिभावकले त्यसको प्रगति बुझ्न सकून् र शिक्षक तथा विद्यार्थीबीच निरन्तर अन्तरक्रिया होस् भन्ने हाम्रो उद्देश्य हो।’

बेलायतको शिक्षा प्रणाली र परीक्षा संरचना नेपाली अभिभावकका लागि कहिलेकाहीँ जटिल बन्ने गरेको अवस्थामा आफ्नै समुदायका सदस्यले सञ्चालन गरेको सहज विकल्प दिन सक्ने अपेक्षा गरिएको छ।

ग्रामर स्कुल प्रवेशका लागि ११ प्लसको तयारी होस्, माध्यमिक तहको आधार बलियो बनाउने उद्देश्य होस्, जिसिएसईको परीक्षा तयारी होस् वा ए लेभलमा उच्च अंक हासिल गर्ने लक्ष्य—टेडुनेटले एउटै प्रणालीमार्फत विभिन्न तहका विद्यार्थीलाई समेट्ने योजना बनाएको छ।

सञ्चालकहरूका लागि यो केवल व्यवसाय होइन, प्रविधिको प्रयोग गर्दै गुणस्तरीय शिक्षा सस्तो शुल्कमा उपलब्ध गराउने प्रयास पनि हो।

टेडुनेट सेवाबारे थप जानकारी लिन र सम्पर्क गर्न उनीहरूको वेबसाइट लिङ्क क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू