मंगलबार, ११ अगस्ट, २०२६
21:11 | ०१:५६

बाथको रमणीय स्थानमा सहारा यूकेको तीनदिने क्याम्पिङ

नेपाली लिङ्क अगस्ट ११, २०२६

बाथ, बेलायत— साहारा यूकेको आयोजनामा गत अगस्ट ७, ८ र ९ तारिख बाथको रमणीय स्थानमा आयोजित तीनदिने समर फन क्याम्पिङ कार्यक्रम भव्य सभ्य रूपमा सम्पन्न भएको छ।

साहारा यूके अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्षहरू मिनबहादुर गुरुङ, कुमार गुरुङ, कुसाङ गुरुङ शाहारा ऐफसी का पूर्ब अध्यक्ष हरि कुमार श्रेष्ठ तथा कृष्ण गुरुङ, सल्लाहकारज्यूहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, परिवारजन र शुभचिन्तकहरू गरी करिब ५० जनाको सहभागिता थियो।

कार्यक्रम संयोजन उपाध्यक्ष पिताम्बर गुरुङले गर्नुभएको थियो भने सञ्चालन महासचिव प्रकाश गुरुङले गर्नुभएको थियो। व्यवस्थापनमा सल्लाहकार सेरा गुरुङको महत्वपूर्ण भूमिका थियो।

तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, घुमफिर, हाइकिङ, सफारी पार्क, बाथ हिस्टोरिक टाउन भ्रमण तथा फुटबल, भलिबल, गल्फ, लेडिज चियर बल पास, सामूहिक खानपानसँगै सांगीतिक मनोरञ्जन गरिएको थियो।

सपन कुमार राई तथा मञ्जु गुरुङको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो।

त्यस्तै हुक्काको स्वादले सबैलाई नौलो अनुभुति गराएको थियो।


कार्यक्रममा मुना गुरुङ तथा आमा समूहको टोलीले तयार पारेको विभिन्न स्वादिष्ट नेपाली परिकारले सबै सहभागीको मन जितेको थियो।

अन्तिम दिन सहभागीहरूले टेन्ट तथा सामानहरू समेटी आपसमा आत्मीयता साटासाट गर्दै आगामी वर्ष पुनः भेट्ने वाचासहित कार्यक्रमको सुखद बिदाइ गरेका थिए।

अध्यक्ष शारदा गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने संस्थापक, पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति, आमासमूह, सहभागी परिवारहरू तथा सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

“आपसी एकता, आत्मीयता र भाइचारालाई अझ मजबुत बनाउँदै आगामी वर्ष पनि यस्तै भव्य कार्यक्रम गरौँ” भन्ने सन्देशसहित साहारा यूकेको तीनदिने क्याम्पिङ कार्यक्रम समापन भएको थियो। ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू