आइतबार, ९ अगस्ट, २०२६
04:55 | ०९:४०

कार्डिफमा जगन्नाथ रथयात्रा सम्पन्न

नेपाली लिङ्क अगस्ट ८, २०२६

कार्डिफ । बेलायतको वेल्स राज्यको राजधानी कार्डिफमा आज शनिबार भव्य जगन्नाथ रथयात्रा सम्पन्न भएको छ।

टाइकृष्ण स्मरु (इस्कोन) द्वारा आयोजित यस कार्यक्रममा स्थानीय विभिन्न संघसंस्था तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मध्यान्ह १२ बजेबाट शुरु भएको रथयात्रा कार्डिफको हाइस्ट्रिट क्षेत्रको परिक्रमा गर्दै दिउँसो २ बजे ब्युटपार्कमा पुगेर सत्संग सभामा परिणत भएको थियो।

हरेक वर्ष आयोजना हुने यस रथयात्राले भारतको पुरीमा लाग्ने विश्वप्रसिद्ध जगन्नाथ रथयात्राको झल्को प्रदान गरेको थियो।

रथमा भगवान जगन्नाथ, सुभद्रा र बलभद्र (कृष्ण, सुभद्रा र बलराम) का मूर्तिहरू स्थापना गरी पुष्पवृष्टिका साथ नगर परिक्रमा गराइएको थियो। यात्राक्रममा सहभागीहरूले हरेराम हरेकृष्ण भजन गाउँदै नृत्य प्रस्तुत गर्दै रथलाई अघि बढाएका थिए।
निःशुल्क आयोजना गरिएको यस कार्यक्रममा योगध्यान, भजनकीर्तन, अन्तरक्रिया, प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू समेत राखिएको थियो भने बालबालिकाका लागि मनोरञ्जनका विविध साधनहरू समेत उपलब्ध गराइएको थियो।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू