भारत र बंगलादेशका प्रधानमन्त्रीले दिए बधाई र शुभकामना



काठमाडौँ, फागुन २५ गते । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री मोदीले आज उनीहरुसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
साथै मोदीले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिएका छन् ।
प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गरेका छन् ।
उता, नेपालमा शान्तिपूर्ण र सफल निर्वाचन भएको भन्दै बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपाल सरकार र जनतालाई बधाई दिएका छन्।
बंगलादेशमा पनि जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनबाट हालै प्रधानमन्त्री निर्वाचित रहमानले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा, सहनशीलता तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको सुदृढतालाई प्रतिबिम्बित गर्दछ ।’
उनले बंगलादेश नेपालको नयाँ सरकार तथा नेपाली जनतासँग नजिकबाट सहकार्य गर्दै दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


