शनिबार, ७ मार्च, २०२६
12:03 | १७:४८

राष्ट्रिय स्वतन्त्र पार्टीको ४७ क्षेत्रमा जित, ७२ मा अग्रता

नेपाली लिङ्क मार्च ७, २०२६

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ४७ क्षेत्रमा जित निकालेको छ ।

परिणामअनुसार रास्वपा उम्मेदवारहरुले अरु ७२ क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

त्यस्तै नेपाली काँग्रेसले ७ ठाउँमा जित हासिल गर्दै ११ ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी नेकपा एमालेले २ स्थानबाट जित हासिल गर्दै १० स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित हासिल गरेको छ भने ७ क्षेत्रमा अग्रता लिएको छ ।

श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थानमा अग्रता लिएको छ । उता, राप्रपाले १ स्थानबाट अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।

उता, स्वतन्त्रबाट महावीर पुनले म्याग्दीबाट जित हासिल गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू