शुक्रबार, ६ मार्च, २०२६
09:58 | १५:४३

आमनिर्वाचनः राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको देशभर अग्रता

नेपाली लिङ्क मार्च ६, २०२६

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले देशभर अग्रता लिएका छन्।

यो समाचार लेख्दासम्म ५० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् । रास्वपाले काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका विभिन्न जिल्लामा उल्लेख्य अग्रता बनाएको छ।

काठमाडौं–१ मा रास्वपाकी रञ्जु (दर्शना) न्यौपाने विजयी भइसकेकी छन् । जम्मा २९ हजार ७ सय ७४ मतमध्ये रञ्जु दर्शनाले १५ हजार ४ सय ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए । यसैगरी, नेपाली काँग्रेसले ६ हजार ३ सय ३४, नेकपा एमालेले एक हजार ६ सय १८ र नेपाली कम्युनिष्ट पार्टीले तीन सय ४५ मत प्राप्त गरेको छ ।

रास्वपा अग्रता

काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा छन् ।

त्यसैगरी भक्तपुरमा पनि रास्वपाको लहर देखिएको छ । भक्तपुर–१ मा रुकेश रञ्जित, भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्कीले अग्रता कायम गरेका छन् ।

देशका अन्य क्षेत्रहरूमा पनि रास्वपाका उम्मेदवारहरू अगाडि छन्। चितवन–२ मा रास्वपा पार्टी सभापति रवि लामिछाने, झापा–५ मा बालेन्द्र शाह (बालेन), तनहुँ–१ मा स्वर्णिम वाग्ले, मोरङ–४ मा सन्तोष राजवंशी, महोत्तरी–१ मा प्रमोदकुमार महतो, बाँके–१ मा सुरेशकुमार चौधरी, कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा बिना गुरुङ, चितवन–३ मा सोविता गौतम, कञ्चनपुर–२ मा दिपकराज बोहरा, दाङ–१ मा देवराज पाठक, मोरङ–१ मा यज्ञमणि न्यौपाने, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, रौतहट–४ मा गणेश पौडेल, रूपन्देही–२ मा सुलभ खरेल, रूपन्देही–३ मा डा. लेखजंग थापा, रूपन्देही–५ मा तौफिकअहमद खान, बाँके–३ मा खगेन्द्र सुनार, झापा–२ मा इन्दिरा राना मगर, बारा–१ मा गणेश धिमाल, मोरङ–५ मा आशा झा, कञ्चनपुर–१ मा जनक सिंह धामी, बर्दिया–२ मा श्रीधर पोख्रेल, धादिङ–१ मा आसिका तामाङ, पाल्पा–१ मा विमल पन्त, कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता र मोरङ–३ मा गणेश कार्कीले अग्रता लिएका छन् ।

एमालेले केही क्षेत्रमा मात्र अग्रता लिएको छ । रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामा अगाडि छन् ।

नेपाली कांग्रेसले ललितपुर–१ मा उदयशमशेर राणा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरी र रसुवा १ मा मोहन आचार्यमार्फत अग्रता कायम गरेको छ।

त्यस्तै, नेकपाले रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाहीमार्फत अग्रता लिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू