बिहीबार, ५ मार्च, २०२६
20:05 | ०१:५०

भक्तपुर-२ मा आजै राति ११ बजेबाट मतगणना सुरु हुने

नेपाली लिङ्क मार्च ५, २०२६

काठमाडौँ  । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा आजै राति ११ बजेबाट मतगणना सुरु गरिने भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य उत्साहजनक रूपमा सकिएसँगै मतगणना तयारी तीव्र पारिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना स्थल र सुरक्षा व्यवस्था भक्तपुर निर्वाचन क्षेत्र–२ को मतगणना मध्यपुर थिमीस्थित बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा हुनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकाहरू गणना स्थलमा ल्याउने कार्य सम्पन्न भइसकेको छ भने राति ११ बजेअघि नै सर्वदलीय बैठक बसेर गणनाको प्रक्रिया सुरु गरिनेछ ।

गणना स्थलमा सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटीभी क्यामेरा जडान गरी कडा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू