
काठमाडौं । आज दिउँसो ३ बजेसम्म देशभर कुल ७६ लाख मत खसेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र यो क्रम अहिले पनि जारी छ।
देशभर रहेका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मतदान भएको छ।