बिहीबार, ५ मार्च, २०२६
12:58 | १८:४३

देशभर औसत ३३ प्रतिशत मतदान, उपत्यकामा ४७ प्रतिशत मत खस्यो

नेपाली लिङ्क मार्च ५, २०२६

काठमाडौँ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनमा दिउँसो २ बजेसम्म देशभर औसतमा ३३ प्रतिशत मतदान भएको छ।

काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको छ।

प्रदेशगत रूपमा हेर्दा, कोशी प्रदेशमा ३२ प्रतिशत, मधेसमा ३२ प्रतिशत, बागमतीमा ३४ प्रतिशत, गण्डकीमा ३९ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, कर्णालीमा ३६ प्रतिशत र सुदूरपश्चिममा ३३ प्रतिशत मतदान भएको छ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा १० हजार ९६७ मतदानस्थल छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू