बुधबार, ११ फ्रेब्रवरी, २०२६
22:00 | ०३:४५

निर्वाचन सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

रासस फ्रेब्रवरी ११, २०२६

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिएका छन् ।

जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मक रूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए ।

प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एक ढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिन निर्देश गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिए ।

बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्षलगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ ।

बैठक समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू