सोमबार, ९ फ्रेब्रवरी, २०२६
14:54 | २०:३९

बेलायत पठाइदिने भन्दै १३ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

रासस फ्रेब्रवरी ९, २०२६


काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत, अमेरिका लगायत विभिन्न देशहरूमा पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली नगरपालिका–९ की ४८ वर्षीया कुमारी तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकामध्ये विना र विन्दाले अमेरिका पठाइदिने भन्दै रु दश लाख, कोपिलाले बेलायत पठाइदिने भन्दै रु १३ लाख, सन्तोषले कम्बोडिया पठाइदिने भन्दै रु तीन लाख ७० हजार तथा कुमारीले पोर्चुगल पठाइदिने भन्दै रु १३ लाख ६० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेमा पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू