बुधबार, ४ फ्रेब्रवरी, २०२६
19:35 | ०१:२०

बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तामाङ पक्राउ

रासस फ्रेब्रवरी ४, २०२६

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, “निज तामाङले बेलायत पठाउने भन्दै रु सात लाख ९० हजार रकम लिइ लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

निजलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरी आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू