सोमबार, २६ जनवरी, २०२६
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूतबीच भेट, राजनीति र निर्वाचन सुरक्षाबारे छलफल


रासस
जनवरी २६, २०२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताका बारेमा छलफल भएको छ ।
त्यसक्रममा मन्त्री अर्यालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए ।
राजदूत अर्बमले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



