आइतबार, २५ जनवरी, २०२६
02:53 | ०८:३८

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

रासस जनवरी २४, २०२६

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयनपत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको आयोगले जनाएको छ । कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरिएको उनले बताए ।

यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ । उम्मेदवारको वैयक्तिक विवरण वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू