सोमबार, २४ नोभेम्बर, २०२५
19:55 | ०१:४०

सुमनराज अर्याल बने मुख्य सचिव

नेपाली लिङ्क नोभेम्बर २४, २०२५

काठमाडौँ । सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले रक्षा सचिव रहेका अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मुख्य सचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण यही मंसिर १० गते अनिवार्य अवकाश पाउँदैछन्। त्यसैले अर्याललाई आजै मुख्य सचिव नियुक्त गरिएको हो।

काठमाडौँको जोरपाटीका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए। उनी २०५३ साल वैशाख १९ गतेबाट निजामती सेवा प्रवेश गरेका थिए।

तथ्यांक शास्त्रमा स्नातकोत्तर अर्याल केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए भने सोही विभागमा महानिर्देशकसम्मको जिम्मेवारीमा पुगेका थिए।

अर्यालसँग सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत काम गरेका थिए।

प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको अवधिमा उनी सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक कार्यक्रम तर्जुमा समिति संयोजक बनेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू