शुक्रबार, १३ मार्च, २०२६
01:33 | ०७:१८

कांग्रेस महामन्त्री गगन थापाको प्रस्ताव- ‘मंसिर २७ गते विशेष महाधिवेशन गरौँ’

नेपाली लिङ्क नोभेम्बर १३, २०२५

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले नियमित महाधिवेशनका लागि कोही तयार नभएपछि अब विशेष महाधिवेशनमै अघि बढ्नुपर्ने बताएका छन्।

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले मंसिर २७ गते विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन्। इच्छाशक्ति भएमा निर्वाचनअगाडि नै पार्टीको विशेष महाधिवेशन गर्न सकिनेमा उनको जोड छ।

पार्टीलाई आम सुधार नगरी निर्वाचनमा जाँदा नागरिकले विश्वास नगर्ने भन्दै पार्टीको महाधिवेशन अनिवार्य गरेर मात्रै जानुपर्ने उनले बताए। थापाले पछिल्लो पटक पार्टीमा सिद्धान्तभन्दा शक्तिलाई प्राथमिकतामा राख्दा विचलन बढेको र नवयुवाहरु आक्रोशित भएको धारणा राखेका थिए।

निर्वाचनअगाडि पार्टीभित्रको आन्तरिक विषयमा प्रवेश गर्न नहुने भनेर संस्थापन पक्षले लिइरहेको अडानको प्रतिवाद गर्दै थापाले भने, ‘सधैँभरि महाधिवेशन पार्टीको आन्तरिक विषय हुँदैन। यो राष्ट्रिय विषय हो। महाधिवेशनले व्यापक छलफल गर्छ। अब पुरानै कांग्रेस होइन, सच्चिएर आएको कांग्रेस हो भनेर भन्न सकिन्छ। सच्चिएर जाँदा मात्रै आम नागरिकले विश्वास गर्न सक्छन्।’

बैठकमा उनले विगतमा आफूबाट दर्जंनौँ गल्ती भएको भन्दै त्यी घटनाबाट पाठ सिकेर अघि बढ्ने बताएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू