आइतबार, २ नोभेम्बर, २०२५
05:01 | १०:४६

पूर्वमन्त्री आलम आइसीयूमा

रासस नोभेम्बर १, २०२५

काठमाडौँ, कात्तिक १५ गते। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि उनलाई सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए ।

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका आलमसहित चार जनालाई हालै उच्च अदालतको वीरगञ्ज इजलासले ज्यान मुद्दामा सफाइ दिएको थियो ।

वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन कांग्रेस उम्मेदवार आलमको रौटहटस्थित घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू