युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय



युवा तथा खेलकुद मन्त्रालयमा आइतबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पदबहालीपश्चात निर्णय पुस्तिकामा हस्तक्षर गर्दै। तस्बिर- गोपाल दाहाल/रासस
काठमाडौँ — नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार पदबहाली गरेका छन् । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे ।
उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन-जी आन्दोलनको अगुवा समेत हुन् । उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।
मन्त्री गुप्ताले कोभिड–१९ को समयमा नि:शुल्क खाना खुवाउने अभियान चलाएका थिए । त्यसैगरी उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



