शनिबार, २५ अक्टोबर, २०२५
हायात होटल बन्द भएको सूचनाप्रति सरकारको चासो, आइतबार छलफल तय


रासस
अक्टोबर २५, २०२५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै हायात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका । अर्थमन्त्री खनालले भने– ‘तपाईँहरू आत्तिनुभएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’
यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५




