रोशी खोलाको बाढीले बगायो बीपी राजमार्गको साढे चार किमी सडक



काठमाडौं । बीपी राजमार्गको चौकीडाँडा-नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ।
गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले बताइन्।
उनका अनुसार यो सडक कार्यालयले हेर्ने काभ्रे चौकीडाँडादेखि बर्खेखोलासम्म १६ ठाउँमा बाढीले डाइभर्सन बगाएको छ। ती सबै ठाउँ गरेर करिब साढे तीन किमी सडक रोशीले बगाएको कार्यालयले जनाएको छ।
त्यस्तै बर्खे खोलादेखि नेपालथोकसम्म सिन्धुली जिल्लामा पर्ने सडकमा बनेको डाइर्भसन पनि तीन ठाउँमा बगाएको छ। अहिले पनि रोशी खोलामा बाढीको सतह कम नभएकाले डाइभर्सन बगेको ठाउँमा पुनर्निर्माणको काम सुरु हुन सकेको छैन।
बीपी राजमार्ग पुननिर्माणका लागि दुई खण्डमा ठेक्का लिएका निर्माण व्यवसायीका उपकरण पनि साइटमै रहेकाले तिनीहरू र सरकारका उपकरण समेत प्रयोग गरेर यथाशक्य चाँडो राजमार्ग खुलाइने अधिकारीले बताइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५