शनिबार, ४ अक्टोबर, २०२५
15:17 | २०:०२

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपाली लिङ्क अक्टोबर ४, २०२५

काठमाडौँ । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो।

घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

दुर्घटनामा ६ जना घाइते छन्। उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ। दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुलेको छैन ।

सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू