शनिबार, ४ अक्टोबर, २०२५
12:01 | १६:४६

आन्तरिक हवाई भाडादर सार्वजनिक

नेपाली लिङ्क अक्टोबर ३, २०२५

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर सार्वजनिक गरेको छ। प्राधिकरणले बिहीबार भाडादर सार्वजनिक गरेको हो।

परिवर्तित भाडादरअनुसार काठमाडौं–धनगढीको अधिकतम हवाई भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ। आन्तरिक हवाई भाडादरमा सबैभन्दा महङ्गो काठमाडौँ-धनगढी नै छ।

त्यस्तै काठमाडौं–विराटनगरको ९ हजार ७८५, काठमाडौं–भरतपुरको ४ हजार ६४३, काठमाडौं–भद्रपुरको १२ हजार ११२ रुपैयाँ भाडादर तोकिएको छ।

काठमाडौं–पोखराको ६ हजार ६३५, काठमाडौं–नेपालगञ्जको १३ हजार १०३, काठमाडौं–सिमराको ३ हजार ९७८, काठमाडौं–भैरहवाको ८ हजार ४६१, काठमाडौं–राजविराजको ८ हजार २१०, काठमाडौं–सुर्खेतको ९ हजार ३० र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ तोकिएको छ।

यो उच्चतम हवाई भाडादर भएकाले यसभन्दा बढी मूल्य नलिन प्राधिकरणले वायुसेवा कम्पनी, टिकट बिक्रेताहरूलाई अनुरोध पनि गरेको छ।

हेर्नुस् सूची-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू