बिहीबार, ३० अक्टोबर, २०२५
22:56 | ०४:४१

माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

रासस अक्टोबर १, २०२५

मलंगवा । सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको छ।

बुधबार बिहान हरिपूर्वा–१ स्थित हर्दी खोलाको किनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृत्यु हुनेहरुमा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मंसुर र ६ वर्षीया छोरी सविवा खातुन रहेको प्रहरी कार्यालय सर्लाहीका सहप्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

मृतकहरुको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू