देउवाका सासु ससुरा र सालाको घरमा छापा



काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा र सालाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ।
आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो। भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको भाइ हुन्।
छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन्। बुवाआमा भने घरमै थिए।
ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको थियो। सीआईबीका अधिकृतहरूले बताए अनुसार शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। तर, खानतलासीका क्रममा प्रहरीले कुनै पनि शंकास्पद वस्तु फेला पार्न सकेन।
सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको थियो।
गत २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देउवा निवास बुढानीलकण्ठमा आगजनी भएको थियो । आगजनीका क्रममा देउवाको घरबाट जलेका नोटहरू फेला परेकोबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



