संविधान संशोधन नयाँ निर्वाचनपछिको सरकारले गर्छ- प्रधानमन्त्री कार्की


 
    
    

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणाली परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्रभित्र नभएको बताएकी छिन्।
राष्ट्रको नाममा बिहीबार पहिलो सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने ‘म्यान्डेड’ प्राप्त भएको भन्दै निर्वाचनपछि बन्ने सरकारले संविधान संशोधनको काम गर्ने बताइन् ।
उनले अहिले प्रतिनिधिसभा निर्वाचन हुने अनि उक्त निर्वाचनपछि बन्ने सरकारले प्रत्यक्ष कार्यकारीको लागि संविधान संशोधन गर्न सक्ने बताइन् ।
जेन-जी आन्दोलनका क्रममा संविधान संशोधनको माग उठेको कुरातर्फ संकेत गर्दै उनले उक्त एजेन्डा आगामी फागुन २१ मा हुने नयाँ निर्वाचनपछि हुने बताइन्।
अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने कतिपय जेनजी आन्दोलनकारी लगायतले माग गरिरहेका बेला प्रधामन्त्री कार्कीले अहिले संविधान संशोधन गर्न नसकिने स्पष्ट पारेकी हुन्।
अहिलेको सरकारको मूल लक्ष्य चुनावमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘शासकीय प्रणालीको संशोधनको विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आह्वान गर्दछु।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५
 
 




 
 
 
 
 
 
 
 
 
 
