शुक्रबार, ३१ अक्टोबर, २०२५
10:00 | १५:४५

दशैँभर सार्वजनिक सवारीमा ‘रुट परमिट’ खुला

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौँ । दशैँलाई लक्षित गरी सरकारले आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनमा रुट परमिट खुला गरेको छ।

यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठक निर्णय अनुसार आजदेखि पूर्णिमाको भोलिपल्ट अर्थात् असोज २२ गतेसम्म रुट परमिट खुला गरिएको हो।

सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालनका लागि आजदेखि देशभरको लागि रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।

रुट परमिट खुला भएसँगै आजदेखि रुट नलिई सार्वजनिक यातायातका साधन गन्तव्यस्थलसम्म जान पाउने छन्। तर, कुनै सडक विशेष प्रकृतिको भए सो सडकमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिएको छ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा टिकट लिन पनि महासंघले यात्रुहरुलाई आग्रह गरेको छ।

महासंघले अनधिकृत काउन्टर, परिचय पत्र वा पोसाक नभएका व्यक्तिबाट टिकट खरिद नगर्न पनि यात्रुहरुलाई आग्रह गरेको छ।

सरकारले यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारी साधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू