सविता भण्डारी बनिन् नेपालको पहिलो महिला महान्यायाधिवक्ता



काठमाडौँ । नेपालको इतिहासमा पहिलोपटक महिला महान्यायाधिवक्ता नियुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
यसअघि महान्यायाधिवक्ता रमेश बडालको राजीनामा पछि यो पद खाली भएको थियो । भण्डारी नेपाल बारको पूर्व कोषाध्यक्ष पनि हुन् ।
उनी वरिष्ठ कानून व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । उनले राष्ट्रिय सूचना आयोगको आयुक्तको रूपमा पनि कार्य गरिसकेकी छिन् । नेपालमा सात दशकको इतिहासमा ३० जना पुरुष महान्यायाधिवक्ता मात्र नियुक्त भएका थिए ।
प्रधानमन्त्री सुशीला कार्की पनि नेपालको पहिलो महिला प्रधानमन्त्री हुन् । जेनजी आन्दोलन लगत्तै नेपालले इतिहासमै पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला महान्यायाधिवक्ता पाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५