मंगलबार, १० मार्च, २०२६
देशको सुरक्षा नियन्त्रणमा नेपाली सेना परिचालन


नेपाली लिङ्क
सेप्टेम्बर ९, २०२५
काठमाडौँ । नेपाली सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, लुटपाट र आगजनीजस्ता गतिविधि गरिरहेको भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको छ।
सेनाले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्ता गतिविधिहरू रोक्न नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो जिम्मेवारी अनुसार २०८२ भाद्र २४ गते राति १० बजेदेखि सक्रिय रहने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाली सेना र सम्पूर्ण सुरक्षा निकायहरूले नेपालको शान्ति, स्थिरता र सुरक्षाको लागि पूर्ण प्रतिबद्धता जनाउँदै तत्काल प्रभावबाट नियन्त्रण गर्नेछ।”
यससँगै सुरक्षाको अवस्थाबारे पुनर्मूल्यांकन गरी आवश्यक थप सूचना सार्वजनिक गरिने नेपाली सेनाले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५




