सर्वोच्च अदालतका कर्मचारी नै कीर्तेमा, जसले ५ घण्टा थुनिए रेशम चौधरी



रेशम चौधरी
काठमाडौँ, वैशाख १७ —नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले चौधरी थुनामुक्त भएको जानकारी दिए ।
बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोषणा सभामा पुगेका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
तत्पश्चात् सर्वोच्च अदालतका सह–रजिष्ट्रार अच्युत कुइकेलले रेशम चौधरी सम्बन्धमा कैदमा राख्न कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र आधिकारिक नभएको भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् । मुद्दा विचाराधीन भएको बेलामा चौधरीलाई कैद गर्नु भनी आफैं अनधिकृत पत्र लेख्ने विष्ट आफैं त्यसको केही घण्टामै अदालत प्रशासनको पत्रबमोजिम पक्राउ परेका हुन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले ‘टीकापुर घटनाले साह्रै पीडा दियो, त्यसैले पत्र लेखेको हुँ’ भन्ने प्रारम्भिक बयान दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५